काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा एनएमबी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रगति मध्यमस्तरकै देखिए पनि नाफाको लय पक्रको वित्तीय विवरण पस्केको छ । गत वर्षका तुलनमा संस्थाको नाफामा यस वर्ष ११ प्रतिशतले प्रगति भएको शुक्रबार सार्वजनिक वित्तीय विवरणले उल्लेख गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा संस्थाको नाफा १ करोड १४ लाख पुगेको छ । यो गत वर्षको भन्दा करीव ११ दशमलव ३१ प्रतिशत कम होे । गतवर्ष संस्थाले १ करोड १ लाख नाफा आर्जन गरेको थियो  ।

संस्थाको खुद ब्याज आम्दानी तथा संचालन मुनाफा नाफा बढेकाले नाफा समेत थप भएको हो । गत वर्ष ३ करोड ८३ लाख खुद ब्याज आम्दानी गरेकोे संस्थाले यस वर्ष ३ करोड ९७ लाख खुद ब्याज आम्दानी गर्न सकेको हो । यो गत वर्षको भन्दा करीव ३ दशमवलव ५ प्रतिशतले मात्र बढी हो ।


यसैगरी यस वर्ष कम्पनीले खुद सञ्चालन मुनाफा समेत थप गरेको छ । गत वर्ष १ करोड ५९ लाखमा सीमित भएको सञ्चालन मूनाफा यस वर्ष ११ दशमलव ३२ प्रतिशतले वृद्धि भएर १ करोड ८० लाख पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाले ८८ करोड ४ लाख कर्जा परिचालन गरेको छ भने २९ करोड ५२ लाख निक्षेप संकलन गरेको छ । यी दुवै सूचकमा संस्थाले यस वर्ष क्रमशः करीव ४७ र ५३ प्रतिशतले वृद्धि गरेको हो ।  


गत वर्ष १ दशमलव ५० प्रतिशत खराब कर्जा रहेको संस्थाको सो सूचक १ दशमलव २६ प्रतिशतमा पुगको छ । भने वार्षिकीकृत प्रतिशेयर आम्दानी १५ दशमलव ९३ रुपैयाँ कायम भएको छ । मुल्य आम्दानी अुनपात ६५ दशमलव २८ रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १ सय ४७ दशमलव २७ रुपैयाँ रहेको छ ।


संस्थाले यस वर्ष चुक्ता पूँजीमा पनि उल्लेख्य रुपमा वृद्धि गरेको छ । गत वर्ष ५ करोड ५६ लाख चुक्ता पूँजी रहेको संस्थाले यस वर्ष करीव ४१ प्रतिशत पूजी थप गरी ९ करोड ६० पुर्याएको छ । भने जगेडा कोषमा ४ करोड ५४ लाख रहेको छ ।