काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको नौडाँडामा सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गरेको छ।
संस्थाले घरमै बसेर आयआर्जन गर्न सकिने र थौरे लगानीमा व्यवसाय सुरु गर्न सकिने तालिम सञ्चालन गरेको हो। डल, कुशन, खेलौनालगायतका सामानहरु बनाउनेसम्बन्धी तालिम संस्थाको नौडाँडा शाखाले आयोजना गरेको थियो।
तालिममा ३० जना महिला सदस्यहरुले सहभागिता जनाएको र तालिम पुस २ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको शाखाको शाखा प्रबन्धक सुजिता श्रेष्ठले जानकारी गराए। वित्तीय संस्थाले सञ्चालन गरेको तालिममा सहभागी हुन पाउँदा सहभागीहरुले खुसी व्यक्त गरेका थिए।
वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा लगानीमात्र नगरी उद्यमी बनाउन विभिन्न समयमा यस्ता सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आइरहेको छ। संस्थाको ५४ जिल्लामा ११९ वटा शाखा र १ लाख ४९ हजारभन्दा बढी सदस्य छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19