काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘११.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ नामक ऋणपत्रलाई निष्कासन अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगे बैंकले अब १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। जसमा बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।
यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशतले ब्याज पाउनेछन्।
ग्लोबल आइएमई बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19