काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ५ अर्ब रुपैयाँको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४–८५’ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले उक्त ऋणपत्र बाँडफाँड गरेको हो। 

बैंकले गत माघ २९ गतेदेखि फागुन ५ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र बिक्री गरेको थिो। जसमा ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको थियो। 

व्यक्तिगत तवरबाट निष्कसशन गरिएको ३० लाख इकाइ डिबेन्चरका लागि जम्मा २३ जना आवेदकबाट ५२ लाख १५ हजार इकाइ डिबेन्चरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा रितपूर्वक प्राप्त कित्ता निष्कासन गरिएको भन्दा १.७४ गुण बढी प्राप्त भएको हुँदा आवेदन अनुसार समानुपातिक हिसाबले ३० लाख इकाइ डिबेन्चर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

यसैगरी सर्वसाधारणका लागि निष्कासन गरिएको १९ लाख ३० हजार इकाइ (सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ७० हजार इकाइबाहेक) डिबेन्चरको लागि जम्मा १ हजार २६६ जना आवेदकको कुल २१ लाख ३१ हजार २९४ इकाइ डिबेन्चर रितपूर्वक प्राप्त हुन आएको क्यापिटलले जनाएको छ। जारी गरिएको डिबेन्चर संख्याभन्दा १.१० गुणा बढी संख्यामा खरिदका लागि आवेदन प्राप्त भएको हुँदा २५ देखि ३ लाख इकाइसम्म माग गर्ने १ हजार २६४ जना आवेदकलाई एकै समूह राखी मागबमोजिम ११ लाख ३१ हजार २९४ इकाइ र ५ लाख यकाइ माग गर्ने २ जना आवेदकलाई समानुपातिक रुपमा ७ लाख ९८ हजार ७०६ कित्ता गरी जम्मा १९ लाख ३० हजार कित्ता डिबेन्चर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११.२५% व्याज पाउनेछन्।