काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरले ऋणी सदस्यको मृत्यु भएकोमा रु.१० लाख २५ हजार बीमा रकम भुक्तानी गरेको छ। 

बौदिकाली गाउँपालिका–२ की सदस्य केशरी दरैको गाडी दुर्घटनामा परी निधन भएकोमा संस्थाको ऋणी बीमा कार्यक्रममार्फत रु. १० लाख २५  हजार मृतकका पति खेमचन्द्र दरैलाई प्रदान गरेको हो। वित्तीय संस्थाले बीमा रकम भुक्तानी कार्यक्रम आयोजना गरी वडाअध्यक्ष श्यामसुन्दर श्रेष्ठको हातबाट उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको शाखा प्रबन्धक अनिश पोख्रेलले जानकारी दिए। 

कार्यक्रममा समूह सदस्य, अभिभावक, स्थानीय जनप्रतिनिधिलगायतका २५ जनाको सहभागिता थियो।

संस्थाले वित्तीय कारोबारका साथै बीमा, सीपमूलक तालिम कार्यक्रम, ग्राहक संरक्षण कार्यक्रम तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विबिध कार्यक्रम सञ्चालन गरिरहेको छ। संस्थाका हाल १ लाख ५० हजारभन्दा बढी ग्राहक सदस्य छन्।