काठमाण्डौ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको फागुन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेका ग्लोबल आइएमई समुन्नत स्किम–१ र ब्यालेन्स्ड फन्ड–१को वित्तीय विवरण प्रकाशित भएको हो। दुवै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेको छ।

फागुनमा समुन्नत स्किम–१को न्याभ घटेर ९.८१ रुपैयाँ कायम भएको छ। गत माघमा पनि न्याभ १०.४५ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका सेयरमा कुल १ अर्ब ३ करोड रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी १ अर्ब ८ करोड रुपैयाँ थियो।

फागुनमा यो योजनाको कुल घाटा ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल घाटा २५ करोड ५३ लाख रुपैयाँ थियो।

यसैगरी फागुनमा ब्यालेन्स्ड फन्ड–१को न्याभ पनि घटेर ९.७६ रुपैयाँ कायम भएको छ। गत माघमा यो योजनाको न्याभ १०.३९ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका सेयरमा कुल ८९ करोड ४० लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी ९२ करोड ६५ लाख रुपैयाँ थियो।

फागुनमा यो योजनाको कुल घाटा २ करोड ४९ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल नाफा ३ करोड ९९ लाख रुपैयाँ थियो।