काठमाण्डौ । ग्लोबल हाइड्रोपावर एसोशिएट््स लिमीटेडले ५८ लाख ६० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । 

आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाउँदै कम्पनीले साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडसँग मंगलबार एक सम्झौता गरेको छ । 

एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत पूर्णमान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ विभाग प्रमुख गिरीराज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।