काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।
संस्थापक सेयरधनी कुनाल कयालको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
सेयर खरिदका लागि आवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19