काठमाण्डौ । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१को साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

साउनमा यो म्युचुअलको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेर ९.८२ रुपैयाँमा झरेको छ। गत असारमा न्याभ १०.५७ रुपैयाँ थियो। 

कोष प्रवर्द्धक ग्लोबल आईएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल रहेका यो योजनाले साउनसम्म सूचीकृत र सूचीकृत नभएका धितोपत्रमा कुल ८३ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ। असारसम्म कुल १ अर्ब १२ करोड रुपैयाँ थियो। 

साउनमा यो म्युचुअल फन्डले ११ करोड २४ लाख रपैयाँ नोक्सानी व्यहोरेको छ। असारमा ५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो।