काठमाण्डौ । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न  ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।

ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत ( १०० रुपैयाँसम्म) कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक दिनेछ । ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड “DAKSHINA” लेखेर पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

कम्पनीको ग्लोबल स्मार्ट एप प्रयोगकर्ता ग्राहकहरूले कात्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकबाट दक्षिणा पाउने छन् ।

कम्पनीले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी समय समयमा विभिन्न खालका योजनाहरु ल्याएर लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ ओटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

कम्पनीले ३५२ शाखा कार्यालय, ३७१ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।