काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर भोलि मंगलबारदेखि लिलामीमार्फत बिक्री गर्ने भएको छ ।
संस्थाले सर्वसाधारण समूहतर्फको १०० रुपैयाँ अंकित ५६ हजार ५६१ कित्ता हकप्रद सेयर यही असोज २८ गतेदेखि लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । संस्थाले गत साउन २१ गतेदेखि भदौ २३ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये अवितरित सेयरहरु यसरी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २ हजार ५०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । संस्थाले न्यूनतम प्रतिशत १०० दर राखेको हुँदा लगानीकर्ताले सोभन्दा माथि बोलकबोल गरी गोप्य बोलपत्र पेस गर्नुपर्ने छ । गोप्य बोलपत्र भदौ ५ गतेसम्म पेस गर्न सकिने संस्थाले जनाएको छ ।
संस्थाले चुक्तापुँजी रु. ११ करोड ४ लाख ५७ हजार ५०० मूल्यबराबरको १:१ सेयर अनुपापतमा निष्कासन गरेको हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो ।
संस्थाले गत असार २४ नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन तथा वितरणको अनुमति पाएको थियो । यो हकप्रद बिक्रीपछि संस्थाको चुक्तापुँजी रु २२ करोड ९ लाख १५ हजार पुग्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19