काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचकमा झिनो अंकको करेक्सन आएको छ। परिसूचक हिजोको तुलनामा आज ६ अंक हाराहारीले मात्र घटेको हो।
लगातार दुई दिनसम्म उकालो लागेको नेप्से परिसूचकमा आज भने अल्पकालीन कारोबारीले थोरै प्रफिट बुक गरेकै कारण झिनो करेक्सन आएको विश्लेषकहरु बताउँछन्। करिब ५०–६० अंकको वृद्धिमा १० प्रतिशत सेयरमूल्य बढ्दा लगानीकर्ता प्रफिट बुकको चटारोले थोरै करेक्सन आएको विश्लेषकहरुको दाबी छ।
निकट समयमा स्टक डिलरको प्रवेश र सेयरबजारमा चौतर्फी माहौल सकारात्मक रहँदा लगानीकर्ताको उच्च मनोबल रहेको देखिन्छ। बलियो मनोबलकै कारण सेयरको अधिक खरिदचाप रहेको ब्रोकरहरु बताउँछन्।
एकातिर मुलुकभर कोरोनाको संक्रमण फैलिएर सटडाउनको अवस्था हुनाले लगानीकर्तामा एक किसिमको त्रास देखिएको छ। अर्कोतिर अन्तर्राष्ट्रिय जगतले कोरोनाविरुद्धको भ्याक्सिन अब छिटै पाउने आशाले बजारमा लगानीकर्ताको मनोबल नखस्केको ब्रोकरहरु दाबी गर्छन्।
आज नेप्सेमा रहेका १२ उपसमूहमध्ये एउटामा मात्र हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
यो दिन म्युचुअल फन्ड समूहमा ०.०२ अंकको वृद्धि भयो।
यस्तै बैंकिङ समूहमा ६.५४ अंक, व्यापार समूहमा १९.२७ अंक, होटेल्स् समूहमा ४३.२३ अंक, विकास बैंक समूहमा ९.४२ अंक, जलविद्युत् समूहमा १.०४ अंक, वित्त समूहमा ०.६ अंक, निर्जीवन बीमा समूहमा ३.२१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १६.९९ अंक, अन्य समूहमा ०.५७ अंक, लघुवित्त समूहमा २१.५८ अंक र जीवन बीमा समूहमा २३.१४ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ३६ लाख ३० हजार ८४५ कित्ता सेयर १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ रुपैयाँमा कारोबार भयो।
आज नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्र १२ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भयो।
यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३९ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ४ करोड ७६ लाख रुपैयाँ, एनसीसी बैंकको ४ करोड ७० लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड ५५ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ४ करोड ५४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड २८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड १ लाख रुपैयाँ र एभरेस्ट इन्योरेन्सको २ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने, धेरै गुमाउनेहरु
आज अजोड इन्स्योरेन्स र साधना लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
यो दिन युनियन हाइड्रोपावरका सेयरधनीहरुले पनि धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो।
आज नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19