काठमाण्डौ । साताको पहिलो काराबार दिन आइतबार दिनभर नै सेयर बजारमा नकारात्मक दबाब परेको थियो। योसँगै बजार आज ३०.७७ अंकले घटेको छ। 

केही समययता समय बजार लगातार घटिरहेको छ। पछिल्लो राजनीतिक परिदृश्यले लगानीकर्ता कर्जा अन्यौलमा पर्दा बजार बढ्न नसकेको जानकारहरु बताउँछन्। राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक स्थिरता कायम भएपछि बजारले लय लिने उनीहरुको तर्क छ। 

दोहोरो अंकले घटेको बजारमा आज उच्च कारोबार गर्ने १० ब्रोकर कम्पनीमध्ये ४ वटाको खरिद बढी र ६ वटाको बिक्री बढी रहेको देखिन्छ। 

आज सबैभन्दा बढी कारोबार गर्नेमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरको खरिद बढी देखिन्छ। अनलाइनले ९ करोड ४९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ भने ५ कारोड ८४ लाख रुपैयाँबराबरको सेयरमात्रै बिक्री गरेको देखिएको छ। यो हिसाबले यो ब्रोकरको बिक्रीभन्दा खरिद बढी रहेको छ। 

कारोबारका हिसाबले दोस्रोमा आज भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) रहेको छ। यो ब्रोकरले सेयर बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ७ करोड ९६ लाख रुपैयाँको सेयर बिक्री  गरेर ७ करोड ३५ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५ ) रहेको छ। यो ब्रोकरलेसेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ७ करोड ८७ लाख रुपैयाँबराबर सेयर खरिद गरेको छ भने ६ करोड ८४ लाख रुपैयाँको सेयर बिक्री गरेको छ। 

त्यसैगरी उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूचीमा चौथो नम्बर नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) परेको छ। नासाले खरिद बढी देखिएको छ। यो ब्रोकरले ७ करोड ३८ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ६ करोड ८४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

पाँचौँ स्थानमा रहेको श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८)  ले ६ करोड २३ लाख रुपैयाँको बिक्री गरेको छ भने ३ करोड ५१ लाख रुपैयाँको खरिद गरेको छ। यो हिसाबले श्रीकृष्णले सेयर बिक्री बढी गरेको छ। 

कारोबारका हिसाबले एबीसी सेक्युरिटिज(स्टक ब्रोकर नं. १७)   छैटौँ स्थानमा छ। यो ब्रोकरले ६ करोड ४१ लाख रुपैयाँबराबरको सेयर बिक्री तथा ३ करोड ३० लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले बिक्री बढी गरेको छ। 

सातौँ स्थानमा रहेको आर्यतारा इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)ले सेयर बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ४ करोड ८० लाख रुपैयाँको सेयर बिक्री गरेर ४ करोड ७७ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

त्यसैगरी नेपाल दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) आठौँ स्थानमा छन्। यो ब्रोकरको बिक्रीतर्फ ४ करोड ७८ लाख रुपैयाँ तथा खरिदतर्फ ४ करोड २७ लाख रुपैयाँ रहेको छ। 

नवौँ स्थानमा सनी सेक्युरेटिज (स्टक ब्रोकर नं. ४२) रहेको छ। ४ करोड ७२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको सनीले ३ करोड १४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यसले खरिद बढी गरेको छ। 

कारोबारका हिसाबले दसौँमा प्राइमो सेक्युरेटिज (स्टक ब्रोकर नं. १६) रहेको छ। यो ब्रोकरले ५ करोड ४० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ३८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।