काठमाण्डौ । साताको पहिलो दिन आज दिनभरजसो घटेर कारोबार भएको बजार अन्तिम समयमा १८.७९अंकले घटेर बन्द भएको छ।
ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले आज बजार घट्नुको मुख्य कारण सरकारबाट बजारको सम्बोधन नहुनुु र लगानीकर्ताको मनोबल कमजोर हँुदै जानु नै रहेको बताएका छन्। केही दिन बजार १८०० आसपास रहने र त्यसपछि भने बजारले माथिको बाटो समात्ने उनीहरुको तर्क छ।
आजको टप कारोबारमध्येको पहिलोमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) को बिक्री बढी देखिन्छ। यसले ४ करोड ९५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको देखिएको छ भने ३ कारोड ९९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ। यस हिसाबले यो ब्रोकरको बिक्री बढी रहेको छ।
कारोबारका हिसाबले दोस्रोमा आज अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ४ करोड ६३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ४ करोड ३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४ )रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ३ करोड ४० लाख रुपैयाँबराबर सेयर खरिद गरेको छ भने ३ करोड ५ लाख रुपैयाँको सेयर बिक्री गरेको छ।
त्यसैगरी चौथो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज(स्टक ब्रोकर नं. ४५) को खरिद बढी देखिएको छ। यो ब्रोकरले ३ करोड ३६ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा २ करोड ६३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
कारोबारका हिसाबले पाँचौँमा दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) रहेको छ। यो ब्रोकरले ३ करोड ६४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड १७ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।
छैटौँ स्थानमा रहेको अग्रवाल सेक्युरिटिज (स्टक ब्रोकर नं. ६) यो ब्रोकरले ३ करोड ६७ लाख रुपैयाँको खरिद गरेको छ भने १ करोड ८२ लाख रुपैयाँको बिक्री गरेको छ।
उच्च कारोबारका हिसाबले सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) सातौँ स्थानमा छ। यो ब्रोकरले ३ करोड ३५ लाख रुपैयाँबराबरको सेयर खरिद तथा २ करोड २ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यो ब्रोकरले बिक्री बढी गरेको छ।
कारोबारका हिसाबले आठौँ स्थानमा एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) रहेको छ। यो ब्रोकरले ३ करोड ३४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २ करोड १ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
नवौँ स्थानमा रहेको आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) ले ३ करोड ४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ३२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यसले बिक्री बढी गरेको छ।
नेपाल स्टक हाउस(ब्रोकर नं १४) दसौँ स्थानमा रहेको छ। यो ब्रोकरले २ करोड ७१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २ करोड ४० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19