काठमाण्डौ । पछिल्लो समय २२०० को विन्दुबाट खसेको बजार अहिले १८०० को विन्दु आसपास कारोबार भइरहेको छ। लगानीकर्तामा बजार १८०० मा धानिएला कि नधानिएला भन्ने अन्यौलत कायमै रहेको देखिन्छ।
यही बेला कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) बाट बजारमा लगातार ३ दिनदेखि बिक्री दबाब आएको देखिन्छ। लगानीकर्ताले यो बिक्री दबाब नसकिएसम्म बजार नबढ्ने चर्चा गर्दै आएका छन्।
आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूचीको पहिलो नम्बरमा कोहिनुर सेक्युरिटिज परेको छ। कोहिनुरको सेयर खरिदभन्दा बिक्री बढी देखिन्छ।
खासगरी कोहिनुरबाट आजमात्रै एनआईसी एसिया बैंकको ४८ हजार कित्ता, नेपाल एसबीआई बैंकको करिब २६ हजार, कामना सेवा विकास बैंकको पनि लगभग २६ हजार कित्ता र एनटीसी करिब १४ हजार कित्ता सेयर बिक्री भएको देखिन्छ।
कोहिनुरका सञ्चालक भरत रानाभाटले आफ्नो ब्रोकरबाट आएको बिक्री दबाबको विषयमा भने आफूलाई पनि सबै कुरा थाहा नभएको बताए। ‘अहिले अनलाइनको सुविधा रहेको छ, लगानीकर्ताले घरैबाट सेयर किन–बेच गर्छन्’, उनले भने, ‘हामीलाई पनि सबै थाहा हुँदैन। तर, मेरो विचारमा यो दबाब अब १–२ दिनमात्रै रहन सक्छ।’
सोही ब्रोकर हाउसका एक कर्मचारीले भने आफ्नो अन्य सम्पत्ति बिक्री नभएपछि हिसाब मिलाउनका लागि केही ठूला लगानीकर्ताले ठूलै परिमाण सेयर बेचेको हुन सक्ने बताए। ‘तर, अब ती लगानीकर्ताले सेयर बिक्री गर्न धेरै बाँकी रहेको जस्तो लाग्दैन’, ती कर्मचारीले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19