– भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजार मापक नेप्से सूचक यो साता निरन्तर घटिरहँदा सेयर लगानीकर्ताहरुको मनोविज्ञान लोभ, त्रास र आशाको घेराभित्र रुम्मलिरहेको देखिन्छ ।
नेप्सेको अनलाइन प्रणालीमा हामीले १ बजे नेप्सेमा सूचीकृत कम्पनीहरूको मार्केट डेप्थ हेर्दा केबल १–२ रुपैयाँको बार्गेनिङ चलिरहेको देखियो । जसको अर्थ लगानीकर्ताहरु घटिरहेको बजारमा बार्गेनिङ गरेर सस्तोमा सेयर उठाउने ध्याउन्न रहेको बुझिन्छ ।
किन्ने क्षमता लगानीकर्ताहरूमा देखिन थालेको र अर्को कुरा घटिरहेको नेप्से सूचकलाई अवसरका रूपमा लिँदै सेयरको आपूर्तिभन्दा माग ५–७ गुणासम्मको देखिन्छ । जसमा खरिदबिक्रीमा लगानीकर्ताहरुले मात्रै १–२ रुपैयाँको मोलमोलाइ गरिएको स्पष्ट हुन्छ।
हामीले १ बजेको तथ्यांकअनुसार अनलाइनमा हेर्दा सानिमा बैंकको मागतर्फ ३३,१५७ र आपूर्तितर्फ ५,३९९ कित्ता सेयर देखिन्छ । यसैगरी माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, ओरिएन्टल होटल, एनटीसी, चिलिमे हाइड्रोपावर र मेगा बैंकको मागतर्फ क्रमश २२,९२८, २,६०८, ५०,३०४, ४०,१५०, ३०,३३५, १,२७०, ३४,०५०, ६,८३७ र २७,६३७ कित्ता सेयर देखिन्छ भने आपूर्तितर्फ क्रमशः ८,०३६, १,४३०, ९,५८०, १६,९५०, ७,५९९, ९९०, २,९७९, ५३४ र ६,८८६ कित्ता सेयर मार्केट डेप्थमा देखिएको छ ।
नेप्से सूचक घटिरहेको बेला सेयरका मूल्य सस्तिँदै जान्छन् र सस्तोमा सेयर किन्ने होडबाजीले गर्दा माग सिर्जना भई सेयरको मूल्य क्रमशः बढ्दै जान्छ भन्ने विश्वव्यापी सिद्धान्त हो ।
आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिमा भेटिएका लगानीकर्ता कृष्णप्रसाद तिवारीले लामो समयदेखि घटिरहेका बेलासमेत खरिदकर्ताको बाक्लो उपस्थिति देखिएको दाबी गर्दै खरिदबिक्रीमा १–२ रुपैयाँको अन्तरले मात्रै कारोबार अवस्था नभएको बताए ।
सोही ठाउँमा भेटिएका अर्का लगानीकर्ता हरिराम घिमिरेका अनुसार सेयर भाउ घटेकाले किन्न आएको जानकारी दिए । ‘किन्ने सुअवसर बजारले हामीलाई दिएको छ’, उनले जिकिर गरे।
आर्यतारामा भेटिएका अर्का लगानीकर्ता प्रह्लादकुमार ओलीले लगानीकर्ताको मनोवृत्तिमा सरकारले केही आशाको दियो बाल्ने प्रतीक्षामै लगानीकर्ता बसेको र पूँजीबजार विकासका लागि केही ठोस कदम चालिए बजारको गिरावट थामिने र बजार बढ्ने पक्का भएको सुनाए । ‘अब बजार धेरै घट्यो, अब बजारले छलाङ मार्न केही दिनमात्रै बाँकी रहेकाले म सेयर खरिद गरिरहेको छु’, ओलीले बिजशालासँग भने।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago