काठमाण्डौ । स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्दा सार्वजनिक यातायातको भाडा पनि घटाएको छ।
स्वचालित प्रणालीअनुसार डिजेल र पेट्रोलको मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो।
स्वचालित प्रणालीअनुसार प्रतिलिटर डिजेलमा ४ रुपैयाँ र पेट्रोलमा ६ रुपैयाँ घटेको छ। यही आधारमा विभागले आजदेखि लागू हुने गरी यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत भाडा घटाएको छ।
यसैगरी मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago