काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा आज बिहीबारदेखि घटेको छ। 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाइएको हो। घटाइएको भाडा आजबाटै लागू हुने बागमती प्रदेश सरकारले जनाएको छ। 

समायोजित भाडादरअनुसार लामोदूरीका यात्रुबाहक सवारीसाधनको भाडादर २.३० प्रतिशतले घटेको छ। प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर भने ३.१८ प्रतिशतले घटेको छ। 

यसैगरी प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटाइएको छ।