 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालका सेयर बादशाह निर्मल प्रधानले अहिले घरजग्गा बेचेर र बैंकबाट ऋण लिएरै भए पनि सेयर खरिद गर्ने सही र उपयुुक्त समय भएको दाबी गरेका छन् ।
बिजशालासँगको विशेष अन्तर्वार्तामा प्रधानले हाल सेयर बजार वियरिस ट्रेन्डको न्यूूनतम विन्दूूमा आई कम्पनीहरुको सेयर मूूल्य सस्तो भएकाले सेयर किन्ने सही समय अहिले नै भएको जिकिर गरेका हुुन् ।
आफ्नो २० वर्षे अनुभव सुनाउने क्रममा प्रधानले ४५ वर्षको उमेरसम्म आफूले जोडेको ३ करोड रुपैयाँ सेयरमा लगानी गर्दा कुनै बेला स्वाहा भएको उदाहरण दिंदै तर आफूले हार नखाएको र अहिलेको जस्तै बजारको अवस्थामा घरजग्गा बेचेर र बैंकबाट ऋण लिएर सेयरमा खन्याई अर्बपति बनेको दाबी गरेका छन् ।
घरजग्गा बेचेर र बैंकबाट ऋण लिएर आँटका साथ अहिलेको समयमा लगानी गरे बजारले करोडपतिलाई अर्बपति र लखपतिलाई करोडपति बनाइदिने र यसका लागि सही समय अहिले नै भएको उनले पटक पटक जिकिर गरेका छन् ।
कुुनै बेला यस्तो थियो, जतिबेला प्रधानले कुुनै सेयरमूूल्य यति उति हुुन्छ भनेपछि सोही मूूल्यमा सेयर कारोबार हुन्थ्यो । प्रधानको त्यसबेलाको ३ करोड रुपैयाँको पोर्टफोलियो ४५ दिनमै झ्वाम भएको थियो । तर, पुुनः ३ सय करोड रुपैयाँ बैंकको ऋण लिएर सेयर बजारमा खन्याएका थिए । उनले लगानी गरेको ३ अर्ब ६ महिनापछि ५ गुुणासम्म बढेर १६ अर्ब रुपैयाँसम्म पुुगेको सम्झँदै बिजशालासँग प्रधानले भने–‘तपाईँ भन्दा अर्को लगानीकर्ता एक कदम अगाडि हुन्छ, भोलि बजार बुलिस हुँदा सेयर अहिलेको जति सस्तो मूल्यमा नपाइनसक्छ, त्यसकारण अहिले नै लगानी गर्नुहोस् ।’
उनले हालको समय अरुले बिक्री गर्दा आफूले सेयर उठाउने उपयुक्त अवसर भएको दाबी समेत गर्न भ्याए ।
उनको अनुमानमा बजारको अहिलेको बियरिस ट्रेण्ड अन्त्य भई बुलिस ट्रेण्डको सुरुवात ०७७ बैशाखबाट हुनेछ । र, त्यो बुल सुरु भएपछि लामो समयसम्म नरोकिने प्रधानको प्रक्षेपण छ ।
(प्रधानसँग गरिएको विस्तृत कुराकानी पढ्न बिजशाला डटकमलाई पछ्याउँदै गर्नुहोस्।)
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19