काठमाण्डौ । अमेरिकाको न्युुयोर्क राज्यमा देखिएका अधिकांश नयाँ कोरोना संक्रमितहरु घरमै बसिरहेका मानिसहरु रहेका छन्।

न्युुयोर्कका गर्भनर एन्ड्रीयुु कुुओमोले बुुधबार बाहिरी संसारबाट टाढा भएर घरमै बसिरहेका मानिसहरुलाई कोरोना संक्रमण देखिएको घटनाले आफू अचम्मित बनेको बताएका थिए। न्युुयोर्कका १०० वटा अस्पतालका करिब १ हजार बिरामीबाट प्राप्त जानकारीका आधारमा आफ्नो दैनिक ब्रिफिङका क्रममा कुुओमोले यस्तो जानकारी दिएका हुुन्। 

रिपोर्टका अनुुसार नयाँ भर्ना भएका कोरोना संक्रमितमध्ये ६६ प्रतिशत मानिस लामो समयदेखि घरमै बस्दै आइरहेका छन्। 

त्यस्तै दोस्रो धेरै भर्ना हुुनेमा नर्सिङहोमबाट आएका संक्रमितहरु रहेका छन्। करिब १८ प्रतिशत मानिस नर्सिङहोमबाट ल्याइएका छन्। 

त्यस्तै १ प्रतिशतभन्दा कम मानिस जेलबाट र २ प्रतिशत मानिस घरबारविहीन भएका मानिसहरु छन्। “यो अचम्म पार्ने तथ्यांक हो। अत्यधि मानिसहरु घरमै बसिरहेका थिए। हामीले सोच्यौँ कि उनीहरुले सार्वजनिक यातायातको प्रयोग गरेका होलान र हामीले सार्वजनिक यातायातमा विशेष सावधानी अपनाएका थियौँ तर वास्तवमा होइन किनकि यि मानिसहरु वास्तमै घरमै बसिरहेका थिए”, उनले भने। 

कुुओमोले अस्पतालमा भर्ना गरिएका ८४ प्रतिशत मानिसहरु ट्याक्सी सेवा, निजी कार, सार्वजनिक यातायात र हिँडेर यात्रा गर्ने मानिसहरु रहेको बताए। उनले यीमध्ये अधिकांश अवकाश प्राप्त र बेरोजगार भएर बसेका मानिसहरु रहेको बताए। 

त्यस्तै ७३ प्रतिशत भर्ना गरिएका मानिसहरु ५१ वर्षभन्दा माथिका रहेका छन्। एन्ड्रियुुले यो जानकारीले अस्पतालमा भर्ना भएका अधिकांश न्युुयोर्क र यसका आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसहरु भएको र उनीहरुले काम र यात्रा गर्ने नगरेको बताए। उनले कोरोनाका अधिकांश केसहरु रोजगार भएका र दैनिक सार्वजनिक यातायात प्रयोग गर्ने मानिसहरु हुुन सक्ने आकलन गरिएकोमा यसको ठिक उल्टो देखिएकाले आफुुहरु दुुविधा र अचम्ममा परेको बताए।  – एजेन्सी