काठमाण्डौ । सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ। 

कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनलाई सर्जरीलगायत स्टेनलेस स्टिल इम्प्लान्टका साथै करिब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो।

यसअघि नै ठेकेदार गुरुङ ले सर्वाेत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’मा आफ्नो साइट रजिस्टर गराएबापत कम्पनीका तर्पmबाट सो बीमा प्राप्त गरेका थिए। भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीले उठाउने जोखिमलाई मध्यनजर गर्दै सर्वाेत्तम सिमेन्टले आफ्नो साइट रजिस्टर गराएका ठेकेदारहरुका लागि रु ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो। यस बीमा सुविधाले निर्माणकर्मीहरुलाई निमार्णकार्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविकोपार्जनमा केही सहुलियत पुग्ने विश्वास कम्पनीले लिएको छ। 

निर्माणकर्मीहरुको सुरक्षा तथा सुस्वास्थय सुनिश्चित गर्नुका साथै कम्पनीका विभिन्न सामाजिक दायित्व पूरा गर्ने लक्ष्यअनुरुप सर्वाेत्तम सिमेन्टले यस्तो व्यवस्था ल्याएको हो।

कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। ३००० मेट्रिक रन क्षमताको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक रन क्षमताको क्लिंकर प्लान्टका साथ आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रीन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ। 

उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० सेमि २ सम्म रहेको छ। यतिमात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलोपटक एक्स–रे डिफ्राक्सन मेसिनको प्रयोग गर्दै आएको छ।

आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल भएको छ। साथै देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ।