काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानमध्ये १९ वटा संस्थान घाटामा चलिरहेको जानकारी गराएका छन्।
संघीय संसद्को आज बसेको संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन्। उनले त्यस्ता संस्थानलाई निजीकरण वा सार्वजनिक गर्न आवश्यक रहेको बताए।
अर्थमन्त्री महत सामाजिक संस्थालाई निजी क्षेत्रमा रुपान्तरण गरेर चलाइने, निजीकरण गरिने र सार्वजनिक गरिने संस्थाको कार्यप्रणालीको अध्ययन अवलोकन गरी सुधार गर्नुपर्ने देखिएको बताए।
सार्वजनिक संस्थाको वार्षिक कार्यप्रगति, कार्य व्यवस्था, अध्ययन विश्लेषण गरिएकोमा सञ्चालन तथा व्यवस्थापनका कारणले ४४ संस्थानमध्ये २५ वटा मात्र नाफामा रहेको महतले बताए। ‘चालु आर्थिक वर्षमा सेयर लगानी वा ऋण लगानी गरी कुल ६ खर्ब १८ अर्ब रुपैयाँ सरकारी लगानी रहेकोमा जम्मा ६ अर्ब १८ करोड अर्थात लगानीको १ प्रतिशतमात्र लाभांश प्राप्त भएको छ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago