काठमाण्डौ । घुम्न तथा पढ्नका लागि विदेश जानेहरुको लागत अब बढ्ने भएको छ । 

सरकारले आर्थिक विधेयकमार्फत यस्तो व्यवस्था गरेको हो । 

अब विदेशमा भ्रमणमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाई असूल गरिने विधेयकमा उल्लेख छ । 

वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत यस्तो कर लगाइने उल्लेख छ । 

यस्तै, संघीय कानून बमोजिक वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असूल गरेको रकमबाट एकप्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, यसरी असूल गरिएको शुल्क वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिनेछ ।