काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक प्रभू क्यापिटलले कमलादीस्थित आफ्नो मुख्य कार्यालय परिसरमा एक कार्यक्रमका बीच घोडीघोडाको आइपीओ बाँडफाँड गर्ने भएको हो । 

बिहान ९ बजे आइपीओ बाँडफाँड हुने क्यापिटल स्रोतले जानकारी दिएको छ । 

यो कम्पनीको आइपीओमा मागभन्दा ३८.८४ गुणा बढी आवेदन परेको छ । यसको अर्थ धेरै कम आवेदकले मात्रै १० कित्ताको दरले सेयर पाउनेछन् । 

प्रभू क्यापिटलका अनुसार यो कम्पनीको आइपीओ खरीदका लागि परेका आवेदनमध्ये २ लाख ८५ हजार ५६५ वटा आवेदन सदर भएका छन् भने ४९० आवेदन बदर भएका छन् । 

सदर आवेदनबाट ४८ लाख ४० हजार २२० कित्ता खरीदका लागि आवेदन परेको छ । 

यसरी हेर्दा सदर आवेदकमध्ये १२ हजार ४५९ जनाले १० कित्ताको दरले यो कम्पनीको सेयर पाउनेछन् भने २ लाख ७३ हजार १०६ आवेदकको हात रित्तो हुनेछ । सदर र बदर गरी आवेदन दिएका २ लाख ७३ हजार ५९६ ले सेयर पाउने छैनन् । 

कञ्चनपुरको बेलौरीमा रहेको घोडीघोडा लघुवित्तले गत असार २० गतेबाट आईपीओमा आवेदन खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता एक रुपैयाँ अंकित एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। 

कुल आईपीओमध्ये १ हजार ३८० कित्ता सेयर यस कम्पनीका कर्मचारीलाई र ६ हजार ६३० सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख २४ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।