काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।
निश्कासन तथा बिक्री प्रबन्धक प्रभू क्यापिटलको कमलादीस्थित मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड भएको हो ।
जसअनुसार आइपीओ खरीदका लागि आवेदन दिएका १२ हजार ४५९ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।
यो कम्पनीको आइपीओ खरीदका लागि २ लाख ८६ हजार ५५ जनाले आवेदन दिएका थिए । परेका आवेदनमध्ये ४९० आवेदन रद्ध गरिएको थियो ।
सदर आवेदन २ लाख ८५ हजार ५६५ वटा रहेकोमा ती आवेदकले ४८ लाख ४० हजार २२० कित्ता खरीदका लागि आवेदन दिएका थिए ।
यसरी हेर्दा कुल आवेदकमध्ये २ लाख ७३ हजार ५९६ को हात खालि भएको छ ।
यो कम्पनीले असार २० गतेदेखि १ लाख ३२ हजार ६०० कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये म्युचुअल फण्डका लागि ६ हजार ६३०, कर्मचारीका लागि १ हजार ३८० सुरक्षित गरी सर्वसाधारणका लागि १ लाख २४ हजार ५९० कित्ता छुट्याइएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago