काठमाण्डौ । कञ्चनपुरको बेलौरीमा रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओमा आज शुक्रबारबाट आवेदन खुला गरिएको छ । 

कम्पनीले प्रतिकित्ता एक रुपैयाँ अंकित एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्काशनमा आउने आईपीओमधये १ हजार ३८० कित्ता सेयर यस कम्पनीका कर्मचारीलाई र ६ हजार ६३० सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख २४ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। 

यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै चैत १७ गते बोर्डमा आवेदन दिएको थियो । गत साता धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमित दिएको हो । 
 

लगानीकर्ता कम्तीमा १० कित्ता र अधिकतम १ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओमा आवेदनमा दिने अन्तिम दिन असार २५ गतेसम्म रहेको छ । यदि असार २५ गतेसम्म निष्कासित सेयर बिक्री नभएमा आवेदन दिने मिति साउन १९ गतेसम्म लम्बिन सक्ने छ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमीटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण कार्यालय तथा मेरो सेयरबाट समेत सेयर खरिदको आवेदन दिन सक्नेछन् । 

कम्पनीको कैलाली र कञ्चनपुर जिल्लामा आधा दर्जन शाखा कार्यालय छन्। कम्पनीको अधिकृत पुँजी १० करोड, जारी पुँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पुँजी एक करोड १० लाख ५० हजार रुपैयाँ रहेको छ ।