काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको दुई दिनमै मागभन्दा १८ गुणा बढी कित्ता खरिदका लागि आवेदन परेको छ ।
कञ्चनपुरको बेलौरीमा रहेको घोडीघोडा लघुवित्तले गत असार २० गतेबाट आईपीओमा आवेदन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक रुपैयाँ अंकित एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गरेको छ।
कुल निष्काशनमा आउने आईपीओमधये १ हजार ३८० कित्ता सेयर यस कम्पनीका कर्मचारीलाई र ६ हजार ६३० सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख २४ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
सेयर निष्कासन तथा प्रवद्र्धनको जिम्मा पाएको प्रभु क्यापिटल लिमिटेडका अनुसार आइतबारसम्म १ लाख ३५ हजार ७७५ आवेदन परेका छन् । जसमा २४ लाख ५८ हजार २५० कित्ता सेयरका लागि आवेदन दिइएको छ । यो कुल निष्काशित सेयर इकाइको १८ गुणाभन्दा बढी हो ।
सेयर आवेदन मिति असार ५ गतेसम्म रहेकोले अझै तीन दिनको अवधिमा खरिद आवेदन झनै बढ्न सक्ने बताइएको छ ।
यदि असार २५ गतेसम्म निष्कासित सेयर बिक्री नभएमा आवेदन दिने मिति साउन १९ गतेसम्म लम्बिन सक्ने बताइएको थियो । तर यो आँकडाले आवेदन दिने मिति नलम्बिने पक्का भएको छ ।
लगानीकर्ता कम्तीमा १० कित्ता र अधिकतम १ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण कार्यालय तथा मेरो सेयरबाट समेत सेयर खरिदको आवेदन दिन सक्नेछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19