काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको ३ दिनमा मागभन्दा ३० गुणा बढी आवेदन परेको छ । आईपीओ खरिदका लागि आवेदन दिने आज मंगलबार अन्तिम अवसर पनि हो । 

सेयर निष्कासन तथा प्रवद्र्धनको जिम्मा पाएको प्रभु क्यापिटल लिमिटेडका अनुसार सोमबारसम्म २ लाख १३ हजार ८०० आवेदन परेका छन् । जसमा ३७ लाख ५१ हजार कित्ता सेयरका लागि आवेदन दिइएको छ । यो कुल निष्काशित सेयर इकाइको ३०.१० गुणाभन्दा बढी हो । सेयर खरिद आवेदनको आज अन्तिम दिन मंगलबार यो अनुपात अझै १० गुणाले बढ्न सक्ने सजिलै अनुमान लगाउन सक्निछ ।

कञ्चनपुरको बेलौरीमा रहेको घोडीघोडा लघुवित्तले गत असार २० गतेबाट आईपीओमा आवेदन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक रुपैयाँ अंकित एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गरेको छ। 

कुल निष्काशनमा आउने आईपीओमधये १ हजार ३८० कित्ता सेयर यस कम्पनीका कर्मचारीलाई र ६ हजार ६३० सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख २४ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। 

लगानीकर्ता कम्तीमा १० कित्ता र अधिकतम १ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण कार्यालय तथा मेरो सेयरबाट समेत सेयर खरिदको आवेदन दिन सक्नेछन् ।