काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर दोस्रो बजारमा आज बुधबार बाट कारोबारमा आउँदैछ ।

संस्थाको २ लाख ७६ हजार २५० कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सूचीकृत भएसँगै कारोबारमा आउने भएको हो । 
नेप्सेले यो संस्थालाई GGBSL कारोबार संकेत प्रदान गरेको छ भने कारोबारको ओपनिङ रेन्ज न्यूनतम ७७.०१ रुपैयाँदेखि अधिकतम २३१.०३ रुपैयाँ तोकेको छ ।

यो संस्थाले असार २० गतेदेखि १ लाख ३२ हजार ६०० कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये म्युचुअल फण्डका लागि ६ हजार ६३०, कर्मचारीका लागि १ हजार ३८० सुरक्षित गरी सर्वसाधारणका लागि १ लाख २४ हजार ५९० कित्ता छुट्याइएको थियो।

आइपीओ खरीदका लागि आवेदन दिएका १२ हजार ४५९ आवेदकले मात्र १० कित्ताको दरले सेयर पाएका थिए ।

यो कम्पनीको आइपीओ खरीदका लागि २ लाख ८६ हजार ५५ जनाले आवेदन दिएका थिए । तीमध्ये ४९० आवेदन रद्ध गरिएको थियो। यसरी हेर्दा कुल आवेदकमध्ये २ लाख ७३ हजार ५९६ को हात खालि भएको थियो ।