काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले ३ अर्ब ४४ करोड रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ। 

घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग्दै निवेदन दिएको छ। 

सेबोनले अनुमति दिएमा घोराही सिमेन्टले अंकित मूल्यमा प्रिमियम रकम थप गरी स्थानीयलाई प्रतिकित्ता ४०० रुपैयाँमा र सर्वसाधारणलाई प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गर्नेछ। 

घोराही सिमेन्टले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्नेछ। जसमा स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणका लागि ७५ लाख ४६ हजार ६११ कित्ता छुट्याइएको छ। 

घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।