काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड सेबोन(सेबोन) घोराही सिमेन्टलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब घोराही सिमेन्टले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्नेछ। यो कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबर हुन आउँछ।
कम्पनीले कुल कित्तामध्ये ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ। सर्वसाधारणले यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ तिर्नुपर्नेछ। यसमा कम्पनीले ३३५ रुपैयाँ प्रिमियम थप गरेको छ।
यसैगरी कम्पनीले स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता आईपीओ जारी गर्नेछ। स्थानीयले भने यो आईपीओमा प्रतिकित्ता ४०० रुपैयाँ तिर्नुपर्नेछ। स्थानीयका लागि कम्पनीले ३०० रुपैयाँ प्रिमियम थप गरेको छ।
घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19