काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ।
कम्पनीको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले चुक्तापुँजी ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
यसैगरी बैठकले कम्पनीको वार्षिक साधारणसभा फागुन २७ गते वार्षिक साधारणसभा गर्ने निर्णय पनि गरेको छ। सोही सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १४ गतेभित्र कायम सेयरधनीहरुमात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांशको हकदार बन्न योग्य हुनेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19