काठमाण्डौ । वर्षायाम सुरु भएको छ । नेपालका पहाडी तथा तराईका जिल्लाहरुमा बाढीपहिरोका कारण धनजनको क्षति भएको खबरहरु आउन थालेका छन् । वर्षायाममा बाढपहिरोका कारण जति क्षति हुन्छ, पछिल्लो समय चट्याङ परेर समेत मावनीय क्षति हुने क्रम बढेर गएको छ । चट्याङका कारण बर्षायाममा दिनहुँजसो मानिसको मृत्यु भएको खबरहरु आउन थालेका छन् । आखिर चट्याङबाट कसरी बच्ने ? चट्याङ पर्दा के के कुरामा सावधानी अपनाउने ? बीबीसीले प्रकाशन गरेको सामाग्रीको हामीले यहाँ भावानुवाद गरेका छौ । 

चट्याङ परेपछि र पर्ने समयमा यी कुराहरुलाई ध्यानमा राख्नुपर्छ :
१.यदि कसैलाई चट्याङ लाग्यो भने तुरुन्त चिकित्सकलाई खबर गर्नुहोस् । यस्ता व्यक्तिलाई छुन मानिस डराउँछन, तर यस्ता व्यक्तिलाई छुँदा तपाईलाई कुनै नोक्सानी हुँदैन ।

२.कसैलाई चट्याङ लागेको छ भने तुरुन्त सो व्यक्तिको नाडी जाँच्नुहोस् र यदि तपाईलाई प्राथमिक उपचार दिन आउँछ भने यो काम पनि तुरुन्त गर्नुहोस् । चट्याङ पर्दा अक्सर दुई ठाउँमा जल्ने आशंका हुन्छ । एउटा त्यो ठाउँ हुन्छ जहाँबाट बिजुलीको झट्का शरीरमा प्रवेश गर्छ र अर्को त्यो ठाउँ, जहाँबाट बिजुलीको झट्का निकास भएको हुन्छ, जस्तो कि पैंताला । 

३. यस्तो पनि हुनसक्छ कि चट्याङ लागेर मान्छेको हड्डी भाँचिएको होस्, त्यस्ता व्यक्तिले सुन्न र देख्न पनि नसक्ने हुनसक्छन्, यसको तुुरुन्तै जाँच गर्नुहोस् । 

४.चट्याङ पर्नासाथ तुरुन्त बाहिर निस्किने भूल नगर्नुहोस् । अधिकांश मृत्यु हावाहुरी सकिएपछिको ३० मिनेट पछिको समयमा चट्याङ परेर हुने गर्दछ । 

५. यदि बादल गर्जिरहेको छ र यसका कारण तपाईंको रौं खडा भइरहेको छ भने यसको संकेत हो कि चट्याङ फेरि पर्न सक्छ । धेरै चट्याङ पर्यो र तपाईलाई समस्या होला जस्तो छ भने दुई घूँडा टेकेर सिंहासन अवस्थामा बस्नुहोस् र दुई हातले टाउको छोपेर टाउकोलाई दुई घूँडाको बीचमा लुकाएर बढीभन्दा बढी जमीनको सम्पर्कमा रहनुहोस्, यस्तो प्रक्रियाका कारण तपाईंलाई चट्याङ पर्ने संभावना हुन्न । 

६.यस्तो बेलामा छाता वा मोवाइल फोनको प्रयोग नगर्नुहोस् किनकि धातुको सम्पर्कबाट चट्याङ पर्दा उत्पन्न हुने बिजुलीका झट्का तपाईंको शरीरमा सजिलै प्रवेश गर्नसक्छ । मोवाइल प्रयोग गरिरहेकी एक १५ वर्षकी किशोरीमा चट्याङ पर्दा कसरी बिजुलीको झट्का उनको शरीरमा प्रवेश गरेको थियो भन्ने सामाग्री ब्रिटिस जर्नलले प्रकाशन गरेको छ । उनलाई चट्याङ परेका कारण हृदयघात भएको थियो । 

यो पनि भनिन्छ कि चट्याङ एउटै स्थानमा दुईपटक कहिल्यै पर्दैन । यसकारण एकपटक चट्याङ परिसकेको ठाउँमा बस्न नडराउनुहोस्, फेरि नपर्ने संभावना अधिक हुन्छ ।