काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा सोमबारसम्म ११ करोड ९४ लाख ६८ रुपैयाँबराबरको आवेदन परेको छ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबारसम्म २ हजार ६९१ आवेदकबाट कुल ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको हो। जसमा आस्बा सेवाबाट ८ लाख २५ हजार २३० कित्ता र संकलन केन्द्रहरुबाट ३ लाख ६९ हजार ४५० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। यो मागभन्दा झन्डै ४ गुणाको हाराहारीले बढी हो।
हालसम्म मागभन्दा धेरै आवेदन परिसकेका कारण पहिलो चरणको आईपीओको निष्कासन अब पुस १ गते नै हुने भएको छ।
चन्द्रागिरी हिल्सले गत मंसिर १७ गतेबाट प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८९१ कित्ता आईपीओ निष्कासन गरेको छ।
यसमा आयोजना प्रभावि काठमाण्डौ जिल्लाअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ (साविक थानकोट गाविसकस सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविसका वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्नेहरुले खरिद आवेदन दिन पाउनेछन्।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन्।
पहिलो चरणको यो आईपीओमा काठमाण्डौ थानकोटस्थित चन्द्रगिरी हिल्सको कार्यालय, मकवानपुर वज्रबराहीस्थित सेन्चुरी कमर्सियल बैंक, मकवानपुर इन्द्रसरोबरस्थित बैंक अफ काठमाण्डू, काठमाण्डौ थानकोट र इमाखेलस्थित ग्लोबल आईएमई बैंक र नेपाल धितोपत्र बोर्डबाट निर्देशनबमोजिम आयोजना प्रभावित क्षेत्रका स्थानीयले ऐच्छिक रुपमा आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरेको हो।
कम्पनीले दोस्रो चरणमा बाँकी १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
दुवै चरणको धितोपत्र निष्कासनपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड बढी हुनेछ। जसमा ८८ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago