काठमाण्डौ । संविधान दिवसका अवसरमा आज विभिन्न व्यक्तित्वहरुलाई समाजमा पुर्याएको योगदानको कदर गर्दै मानपदवी, अलंकार र पदकबाट सम्मान गरिँदैछ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्नेछन्। जसमा उद्योगीव्यवसायी पनि छन्। 

राष्ट्रपति भण्डारीले प्रसिद्ध प्रबल जनसेवाश्रीबाट उद्योगीव्यवसायी स्व. प्रभाकरशमशेर जबरालाई सम्मान गर्ने छिन्। 

त्यस्तै सुकीर्तिमय राष्ट्रदीपबाट व्यवसायी चन्द्र ढकाल सम्मानित हुँदैछन्। उनी आइएमई ग्रुप र ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन्।ढकाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पनि हुन्। 

सुप्रबल जनसेवाश्री पाउनेमा व्यवसायी, उद्योगी तथा पर्यटन व्यवसायीहरु क्रमशः कुशकुमार जोी, कुसुम लामा, राजेशकुमार अग्रवाल, राम थापा, रामबहादुर कोइरी, शशीधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुंगटा, बेनिगोपाल मुन्दडा, मारिया डेल पिलार, अकोस्टा लिरा, जोश मानुल भिलानोभ अलमेमन र सिर्जजना (मल्ल) राणा छन्। 

त्यस्तै प्रबल जनसेवाश्री पाउनेमा उद्योगी तथा व्यवसायीहरुमा यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार वंशल, खेमबहादुर केसी, दधिराम खरेल, भरतप्रसाद पराजुली, विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपिलया, बटु लामिछाने, ध्रुवराज न्यौपाने, दीपेन्द्रकुमार कलवार, बालकृष्ण भुसाल, राजकुमार केसी, चिराग गोयल, डा सुबोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, सीताराम उप्रेती, राजेन्द्रप्रसाद अर्याल, सुरेन्द्रकुमार गोयल, चतुर्भुज अग्रवाल (सरिया), नरेशप्रसाद श्रेष्ठ, खुबहादुर सुवेदी, उमाशंकर अग्रवाल, अशोककुमार बैद, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी (माधव), दीपक कुँवर, सुरकृष्ण वैद, पवनकुमार अग्रवाल, डा शान्तकुमार उपाध्याय (शर्मा), कुमुदकुमार दुगड, लक्ष्मी शर्मा र सरोजकुमार उपाध्याय छन्। 

यसैगरी जनसेवाश्रीबाट उद्योगी तथा व्यवसायीहरु गणेश कार्की, कृष्णमुरारी अग्रवाल, जीवकान्त काफ्ले, पुरीचन्द्र देवकोटा (उपाध्याय), ढकेश्वर घिमिरे, योगेश घिमिरे, सुमनविक्रम पाण्डे, मानसिंह साउद, मिङ्मा शेर्पा, अस्मीलाल भट्टराई, राजु कार्की र राजेन्द्रकुमार अग्रवाल सम्मानित हुँदैछन्। 

उद्योगीव्यवसायीहरु पशुपति घिमिरे र नवराज श्रेष्ठ नेपाल सेवा प्रवीणबाट सम्मानित हुँदैछन्। 

विकास रत्न पदबाट भने उद्योगी तथा व्यवसायीहरु कुलचन्द्र ज्ञवाली, विनायक शाह, मोहनराज ओझा, दिनेशकुमार महतो, टीकाबहादुर श्रेष्ठ, आङ गेल्बु शेर्पा, मनोजकुमार भारती, यमुना श्रेष्ठ, भुवन खराल र दीपक नेपाल सम्मानित हुँदैछन्। 

गत भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले यी उद्योगीव्यवसायीसहित विभिन्न क्षेत्रका ९९८ व्यक्तित्वलाई विभूषित गर्ने छिन्।