 
                     
                                
                             
                                    काठमाण्डौ । एसियाको सबैभन्दा ठूलो किफायती हवाई कम्पनी एयर एसियाको भविष्य संकटमा परेको छ।
हवाई उडान रोकिएको एक दिनपछि अर्थात बुुधबार मलेसियाको हवाई कम्पनी एयर एसियाको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आएको छ। कम्पनीको संस्थापक र प्रमुुख कार्यकारीका रुपमा टाइकुुन टोनी फरनान्डेज रहेका छन्। फरनान्डेजको बेलायतको क्वुुइनस् पार्क रेन्र्जसमा पनि संयुुक्त स्वामित्व रहेको छ।
कोरोना महामारीका कारण यात्रामा गरिएका प्रतिबन्धका कारण यतिबेला विश्वभरका हवाई कम्पनीहरु नराम्ररी प्रभावित बनेका छन्। जसका कारण कम्पनीहरुले यात्रुुको तीव्र गिरावटको सामना गरिरहेका छन्।
सन् २०१९ को अन्त्यमा एयर एसियाको वर्तमान दायित्व वर्तमान सम्पत्तिभन्दा ४३० मिलियन डलर बढी देखिएको थियो। कोरोनाको नियन्त्रण र रोकथामका लागि लागू गरिएका लकडाउनका कारण एयरलाइन्सको विमानहरु ग्राउन्डेड गरिँदा कम्पनीको आर्थिक गतिविधि र नगद प्रवाह थप प्रभावित बन्न पुुगेको छ।
कम्पनीको आर्थिक गतिविधिमा आएको यो गिरावटले कम्पनीको भविष्यलाई लिएर चिन्ता प्रकट गर्न थालिएको छ। गत सोमबार कम्पनीको त्रैमासमा ८०३.८ मिलियन रिन्गिटको रेकर्डतोड घाटा देखिएको थियो।
कम्पनीले मार्च महिनाको अन्त्यबाट आफ्नो उडानलाई रद्द गर्न थालेको थियो। यो आर्थिक संकटलाई पार लगाउन र अतिरिक्त लगानी जुुटाउन एयर एसियाले अन्य कम्पनीसँग सहकार्य गर्नेबारे छलफल गरिरहेको जनाएको छ। यसका साथै कम्पनीले बैंक ऋणका लागि आवेदन दिनुुका साथै अतिरिक्त पुँजी जुुटाउन प्रस्तावसमेत गरिएको जनाएको छ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19