काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले बैंकको चर्को ब्याजदरलगायत नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शनविरुद्ध मंगलबार अर्थमन्त्रीमा ज्ञापनपत्र पठाएको छ।
महासंघ प्रदेश नं. १ ले केन्द्रीय सदस्य अविनाश बोहराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र पठाएको हो। यसका साथै आजै प्रदेश १ का सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा बैंकका शाखाहरुमा आज ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा कोभिड १९ महामारीका कारण विश्वका प्रायः सबै मुलुकका अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि संकुचित हुन पुगेको उल्लेख छ। ‘आर्थिक गतिविधिमा आएका शिथिलताले रोजगारीका अवसरहरु न्यून हुन पुगे’, ज्ञापनपत्रमा भनिएको छ, ‘जसका कारण कम आय भएका वर्गको मानिसको जीवन यापन कष्टकर बन्न पुगेको छ।’
रोजगारी र आयमा आएको कमीसँगै गरिबी र असमानता पनि बढेर गएको ज्ञापनपत्रमा अवगत गराइएको छ। कोभिड महामारीको खोपको उपलब्धताले औद्योगिक क्षेत्र सामान्यीकरणतर्फ उन्मुख हुँदै गर्दा रुस र युक्रेनबीचको युद्धले आपूर्ति शृंखलामा ल्याएको अवरोधले पट्रोलियम पदार्थको मूल्यवृद्धि, वित्तीय क्षेत्रमा तरताको चाप, कर्जा प्रवाह नहुनु र वित्तीय क्षेत्रले गरेको ब्याजदर वृद्धिले उद्योग–व्यवसाय सञ्चालन कठिन बन्न पुगेको र आश्रित मजदुरहरुको जीवनज्ञापन पनि संकटमा पुगेको ज्ञापनपत्रमा जनाइएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन आजको विषम परिस्थितिमा उद्योग–व्यवसायको प्रकृति नबुझी बैंकिङ क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी–व्यवसायीलाई पलायन हुनवाट जोगाउन प्रतिकूल वित्तीय वातावरण निर्माण गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ।
त्यसका लागि ज्ञापनपत्रमा १९ बुँदे माग प्रस्तुत गरिएको छ। ती बुँदा कार्यान्वयन गर्न महासंघ प्रदेश १ ले सरकारसँग माग गरेको छ।
यस्ता छन् उद्योगी–व्यवसायीका १९ बुँदे माग–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19