– अर्जुन तिमिल्सिना
काठमाण्डौ । बजार घट्न थालेपछि हराएको मार्जिन कारोबारको चर्चा फेरि ब्रोकर हाउसहरुमा हुन थालेको छ।
पछिल्लो समय बजार बढेसँगै ब्रोकर हाउसहरुमा पनि मार्जिन कारोबारको चर्चा हुन थालेको हो। केही समय अघिदेखि नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)ले मार्जिन कारोबार सेवा सुरु गरिसकेको छ। अन्य ब्रोकर हाउसबाट भने मार्जिन कारोबार सेवा सुरु भइसकेको छैन।
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले पनि आफूहरु लगानीकर्तालाई मार्जिन कारोबार सेवा दिन तयार रहेको बताउँछन्। ‘लगानीकर्तालाई यो सेवा हामीले दिनुपर्छ र उनीहरुले पाउनु पनि पर्छ’, उनले भने।
एसोसिएसनका निवर्तमान अध्यक्ष सन्तोष मैनाली ब्रोकर हाउसहरुले मार्जिन कारोबार सेवा प्रदान गर्नुपर्ने विषयमा सकारात्मक नै देखिन्छ। ‘नासाले अहिले म्यानुअल कारोबार गरिरहेको छ। आफ्नै इक्विटी हुनेले व्यक्तिगत रुपमा दिएका हुन सक्छन्’, सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३६)का सञ्चालकसमेत रहेका मैनालीले भने, ‘केही लगानीकर्ताले मार्जिन कारोबार सेवा लिन सम्पर्क पनि गरेका छन्। मुख्य समस्या स्रोत नै हो। नियामकले स्रोतको विषमया भने सहजीकरण गरिदिनुपर्छ।’
सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) सञ्चालक प्रेम अग्रवालले आफूहरु मार्जिन कारोबार सेवा प्रदान गर्न तयारी अवस्थामा रहेको बताए। ‘बैंकहरुसँग कुराकानी भइरहेकोले छिट्टै मार्जिन कारोबार सेवा सुरु गर्छौं’, उनले भने।
मार्जिन कारोबारको विषयमा मार्जिनभन्दा तल गएमा आफूहरुले सेयर बेच्न पाउनुपर्ने नाम उल्लेख नगर्ने सर्तमा एक ब्रोकर सञ्चालकले बताए। ‘ब्रोकरहरुको जोखिम व्यवस्थापनका लागि मार्जिनमार्फत गएको ऋणको रकम बैंकहरुले जस्तै ऋणीको जायजेथाबाट उठाउन पाउनुपर्छ’, ती सञ्चालकले भने।
ब्रोकरमार्फत पाइने मार्जिन कारोबार भनेको लगानीकर्ताबाट कम्तीमा ३० प्रतिशत नगद लिएर निश्चित समयावधिका लागि निश्चित रकम निश्चित ब्याज दरमा उपलब्ध गराइन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19