काठमाण्डौ । चाडपर्वको बेला राहत हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

आइतबार(आज) मध्यरातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । 

निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटरमा ११ रुपैयाँ र डिजेलमा प्रतिलिटरमा ५ रुपैयाँले घटाइएको छ । 

समायोजनपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने निगमले जनाएको छ । 

निगमका अनुसार इण्डियन आयल कर्पोरेसन(आइओसी)बाट घटेर मूल्यसूची आएकोले सोही अनुसार नेपालमा समेत मूल्य समायोजन गरिएको हो । निगमले स्वचालित मूल्यप्रणालीअनुसार इन्धनको मूल्य तोक्दै आएको छ । 

यसअघि बढेर आएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढाइए पनि सर्वत्र विरोधपछि सरकारको निर्देशनलाई आधार बनाएर एक दिनमै निगमले मूल्यवृद्धि फिर्ता लिएको थियो । 

निगमले जारी गरेको विज्ञप्ति: