काठमाण्डौ । चाडपर्वको सिजन चलिरहेको छ। भर्खरै बडादसैँ सकिएको छ। तिहार सुरु हुन लागेको छ। छठ पनि आउँदैछ।
अहिले मानिसहरु किनमेलको मुडमा छन्। तर, चाडपर्वको समयमा हुने खर्चले तपाइँको बजेट बिगार्न सक्छ। यस्तो अवस्थामा चाडपर्वमा गरिने खर्चको उचित योजना आवश्यक छ।
स्मार्ट ढंगले योजना बनाएर खर्च गर्ने हो भने चाडपर्व पनि मनाउन सकिन्छ र खर्च पनि बजेटमा हुनेछ। चाडपर्वमा खर्च व्यवस्थापन गर्ने ४ वटा स्मार्ट तरिकाबारे जानौँ।
चाडपर्व खर्चका लागि बजेट
सबैभन्दा पहिले आफ्नो चाडपर्व खर्चका लागि बजेट सेट गर्नुहोस्। त्यसो गर्न असफल हुँदा क्षमताभन्दा बढी खर्च हुनेछ। दसैँतिहारका अधिकांशले बोनस पाउँछन्। यदि त्यसलाई बुद्धिमानीपूर्वक खर्च गरियो भने यसले वित्तीय लक्ष्यहरु पूरा गर्न पनि मद्दत गर्न सक्छ।
चाडपर्व खर्चका लागि बजेट बनाउँदा अधिकतम सीमा तोक्नुहोस्। आवश्यक वस्तुहरु सूचीमा राख्नुहोस् र आवश्यक क्रममा सूची बनाउनुहोस्। अर्थात् सबैभन्दा महत्वपूर्ण कामलाई पहिलो स्थान दिनुहोस्। ता कि पैसा थोरै भए पनि सबैभन्दा महत्वपूर्ण चिजहरु नछुटुन्। चाडपर्वमा खर्च हुने गरेको भए पनि त्यसमा पनि बचत गर्ने प्रयास गर्नुहोस्।
छुटमा पैसा बर्बाद नगर्नुहोस्
ई–कमर्स कम्पनीहरुले ठूलठूला अफरहरु ल्याउँछन्। ग्राहकलाई आकर्षित गर्न सबै कम्पनीले बम्पर छुट दिने गरेका छन्। यसको मतलब यो होइन कि तपाइँले छुटको खोजीमा अनावश्यक रुपमा खर्च गर्नुपर्छ। अत्यावश्यक वस्तुहरुमात्र सस्तोमा खरिद गर्दा छुट लाभदायक हुन्छ। तर, यो छुटले कहिलेकाहीँ अनावश्यक खर्च पनि बढाउने गर्छ।
बजेटभित्र रहने प्रयास गर्नुहोस्
चाडपर्वमा हामीमध्ये अधिकांशले बोनस पाउँछौँ। क्रेडिट कार्डको बिल तिर्छौं भन्ने विश्वासमा क्रेडिट कार्डबाट किनमेल गर्छौं। यो राम्रो बानी होइन। भविष्यको कमाइमा कहिल्यै खर्च नगर्नुहोस्। डाउन पेमेन्टमा फ्री एक्सेसरिजको सट्टा शून्य प्रतिशत ईएमआईजस्ता विकल्पका लागि छनौट गर्नु लाभदायक हुन सक्छ। यसले तपाइँको आर्थिक स्थिति कमजोर हुन सक्छ। निश्चित बजेटभित्र खरिद गर्न सधैँ सही हुन्छ।
खरिद गर्नुअघि तुलना गर्नुहोस्
खरिद गर्नुअघि सबै वेबसाइटहरुमा मूल्यहरु तुलना गर्न निश्चित गर्नुहोस्। जब तपाइँ केही खरिद गर्दै हुनुहुन्छ भने त्यो अनलाइन र अफलाइन दुवै तुलना गर्दा राम्रो हुनेछ। केही वस्तुहरुका लागि तपाइँले ई–कमर्स वेबसाइटमा राम्रो डिलहरु प्राप्त गर्न सक्नुहुन्छ। जब कि केहीका लागि तपाइँले स्थानीय पसलहरुबाट ठूलो छुट प्राप्त गर्न सक्नुहुन्छ। यस्ता डिल गर्नुअघि पहिला थोरै होमवर्क गर्न आवश्यक छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19