काठमाण्डौ ।भुक्तानी सञ्चालक ई- सेवाले दसैं तिहारलाई मध्यनजर गर्दै “ई- सेवा डिजिटल उत्सव” हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ ।

जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँको Yamaha New FZ FI Version 3.0 Standard  मोटरसाइकल जित्न सकिनेछ। यसैगरी ई- सेवामार्फत् ३७.९९ रूपैयाँ खेल बाहेक कुनै पनि दुई वटा भिन्न कारोबार गर्दा  दुई जनाले मोटरसाइकल जित्न सक्ने बताइएको छ ।

साथै ई- सेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा एक जना भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन्। साथमा कात्तिक १ गते ई- सेवा केअर किन्दा भाग्यशाली एक जनाले १०० गुणा क्यासब्याक पाउने अफर पनि राखेको छ ।

त्यसैगरी, ई-सेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली पाँच जना जोडीको लागि होटेलको स्टेकेसन प्याकेज तथा १ जनाले RealMe 11x 5G पाउने छन् ।

त्यसैगरी,ई- सेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले  ३०० रुपैयाँसम्मको क्यासब्याक तथा CG Digital  टिभीसमेत जित्न सक्नेछन्।

बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन्।  ई- सेवामा आवद्ध व्यवसायीहरूले सेमत ग्राहकहरू मार्फत क्यूआर भुक्तानी लिँदा वासिंग मेसिन, एयर फ्रायर, स्याण्डविच मेकर लगायतको उपहार जित्न सक्नेछन्।

त्यसैगरी, अनलाइन कारोबारका लागि ई सेवाबाट भुक्तानी गर्नेले बिनब्याग समेत जित्न सक्नेछन्।

विदेशबाट ई- सेवा मनि ट्रान्सफरको साझेदार मार्फत् ई- सेवा वालेटमा ५ हजारभन्दा बढीको भुक्तानी पाउने सबैले टपअप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा ई- सेवा केयर प्याकेज खरिदमा पक्का क्यासब्याकका लागि प्रोमो कोड प्राप्त गर्नेछन्। 

हाल ई-सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत् ७८ लाख बढी ग्राहकले सेवा लिइरहेको कम्पनीले बताएको छ ।