काठमाण्डौ । सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको चार्जिङ मेसिन र विद्युतीय बस भोलिबाट बन्द गर्ने घोषणा गरेको छ।
विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको डिमान्ड शुल्क लिने काम नरोकिएकोले यस्तो निर्णय गर्नुपरेको सुन्दर यातायातद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। ‘विद्युत् नियमन आयोग र विद्युत् प्राधिकरणलाई पटक–पटक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको डिमान्ड शुल्क हटाउनुपर्छ भनेका थियौँ’, विज्ञप्तिमा भनिएको छ, ‘ऊर्जा मन्त्रालयका विद्युत् नियमन आयोगलाई निवेदन दिई डिमान्ड शुल्क हटाउने निर्णय भएको १ वर्षसम्म पनि अतिरिक्त डिमान्ड शुल्क लिने काम जारी राखेको छ।’
विद्युत खपत बढाऔँ भनी नाटकीय रुपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैँ कार्यान्वयन नगरी जनतालाई विद्युतीय सवारीसाधन सञ्चालनमा रोक्न नयाँ किसिमको योजनाका साथ सरकार उपस्थित भएको विज्ञप्तिमा उल्लेख छ।
यिनै कारणले सुन्दर यातायातले सञ्चालन गर्दै आएको चार्जिङ मेसिन र विद्युतीय बस भोलिबाट बन्द गर्ने घोषणा गरेको हो। ‘सरकाको असहयोगका कारणले यो नि।र्णय लिन हामी बाध्य हुनपरेको छ’, विज्ञप्तिमा भनिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19