काठमाण्डौ । सुुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । माघ महिनाको चार दिनको अवधिमा मात्रै सुुन प्रति तोलामा ८ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको गरगहना खरीदको सिजन तथा विवाहको लगन समेत सुरु भएको र  यही बेलामा बजारमा मागको तुलनामा कम आपूर्ति रहेका कारण मूल्य वृद्धिका लागि दवाब परेको हो । 

नेपाल राष्टबैंकले वाणिज्य बैंकहरुलाई प्रतिदिन १५ किलोग्राम सुन आयातको अधिकार दिएको छ । तर देशभरका २३ हजार सुनचाँदी व्यवसायीहरुका लागि यो परिमाण अपुुग रहेको बताइन्छ ।

अपुुग अवस्थामा अधिकांश व्यवसायीहरुले पछिल्लो समय तस्करीको सुन प्रयोग गरिरहेका छन् । सरकारले सुनको कोटा बढाएर तस्करी रोक्नुको साटो यसतर्फ बेवास्ता गरेपछि मन्त्रीहरुकै नेतृत्वमा सुन तस्करीको धन्दा फस्टाइरहेको आरोप लागेको छ । अर्थमन्त्री कृष्णबहादुर महरा नै पछिल्लो समय सुन तस्करी काण्डमा मुछिएका छन् । 

माघ २ गते महिनाको पहिलो कारोबारको दिन फाइन गोल्ड प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको थियो । माघ ३ गते नै प्रति तोलामा ५ सय रुपैयाँले वृद्धि भई ५५ हजार २ सय पुुगेको थियो । यस्तै, माघ गते ५५ हजार ३ सय र माघ ५ गते अर्थात बुधबार प्रति तोला ५५ हजार ५ सय कायम भएको छ । 

यसअघि सुनचाँदी व्यवसायी महासंघले छापावाल र तेजाबी भनी सुनलाई दुुई वर्गमा विभाजन गर्ने गरे पनि नेपाल राष्टबैंकको निर्देशन अनुसार ४९ क्वालिटीको सुन बिक्री गर्नुपर्ने भएकोले अब भने फाइन गोल्ड र स्ट्याण्डर्ड गोल्ड भनी कारोबार हुनेछ । स्ट्याण्डर्ड गोल्डको मूल्य प्रति तोला ५५ हजार २ सय पुुगेको छ । ९९५० क्वालिटीको गोल्डलाई स्ट्याण्डर्ड र ९९.९९ को गोल्डलाई फाइन गोल्ड भनिन्छ । 

सुनसँगै चाँदीको मूल्यमा समेत केही बढोत्तरी भएको छ । माघ २ गते ७९५ प्रति तोलामा कारोबार भएको चाँदी बुधबार तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।