काठमाण्डौ । बोनस सेयरका लागि चारवटा बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य मंगलबार समायोजन गरिएको छ।
नेप्सेले बोनस सेयरका लागि हिमालयन बैंक, मितेरी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र एनएमबी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता हिमालयन बैंकको ५६१ रुपैयाँ, मितेरीको ३३७ रुपैयाँ, लुम्बिनीको २०४ रुपैयाँ र एनएमबी लघुवित्तको ९८४ रुपैयाँ कायम भएको छ। यसअघिको अन्ति कारोबार मूल्यअनुसार यी चारैवटा बैंक तथा वित्तीय संस्थाको प्रतिकित्ता क्रमशः ६३९ रुपैयाँ, ३८७ रुपैयाँ, २१८ रुपैयाँ र १ हजार १७१ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी सबैको सेयर कारोबारमा आउनेछ।
यी चारवटै बैंक तथा वित्तीय संस्थाले आज पुस १४ गतेदेखि आफ्नो वार्षिक साधारणसभा नहुन्जेलसम्मका लागि बुक क्लोज गरेका छन्। अर्थात हिजो पुस १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र यी संस्थाले प्रस्ताव गरेका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
गत आर्थिक वर्षका लागि हिमालयन बैंकले १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बैंकको यही पुस २७ गते हुने २८ औँ वार्षिक साधारणसभा अनुमोदन गर्नेछ।
यसैगरी मितेरी डेभलपमेन्ट बैंकले पनि १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश बैंकको यही पुस २७ गते नै हुने १५ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
यस्तै लुम्बिनीले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद छन्। यो लाभांश बैंकको यही पुस २६ गते हुने १३ औँ वार्षिक साधारणसभाले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ।
उता एनएमबी लघुवित्तको कुल २० प्रतिशत लाभांश यही पुस २७ गते हुने आठौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago