Right Share
काठमाण्डौ । चार बैंक तथा बित्तीय संस्था करिब ३ अर्ब रुपैयाँ बराबरको हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेका छन् ।
सिभिल बैंक, ओम डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र भार्गव विकास बैंकले कुल ३ अर्ब बराबरको हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।
सबैभन्दा बढी सिभिल बैंकले २ अर्ब ७ करोड मूल्य बराबरको हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको छ । यो बैंकले कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव पेश गरेको हो । गत वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रदको प्रस्ताव पारित भइसकेको छ । बोर्डबाट स्वीकृत आएलगत्तै यो बैंकले सेयरधनीका लागि हकप्रदको बिक्री खुल्ला गर्नेछ । हाल यो बैंकको चुुक्तापूँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि ७ अर्ब २५ करोडको उचाईमा पुुग्नेछ । हालै यो बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स कम्पनीलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो । सिभिलको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड रहेको छ ।
यस्तै, ओम डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको छ । यो बैंकले कुल ४९ करोड ३१ लख मूल्यको हकप्रद निश्कासनको प्रस्ताव पेश गरेको हो । प्रस्तावित हकप्रद बिक्रीपछि यो बैंकको चुक्तापूँजी २ अर्ब १३ करोडको उचाईमा पुुग्नेछ । यो बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको ८३ प्रतिशत हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको छ । केही दिनअघि सम्पन्न यो कम्पनीको वार्षिक साधारणसभाले हकप्रदको प्रस्ताव पास गरिसकेको छ । हाल यो कम्पनीको चुक्तापूँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । ८३ प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापूँजी बढेर ८० करोडको उचाईमा पुुग्नेछ ।
उता, भार्गव विकास बैंकले उसको हालको चुक्तापूँजीको ८० प्रतिशत हुन आउने २१ लाख १२ हजार कित्ता १ सय रुपैयाँ दरको हकप्रद सेयर बिक्रीको माग गर्दै बोर्ड पुुगेको छ । हकप्रद सेयरको बिक्रीपछि यो बैंकको चुक्तापूँजी ४७ करोड ५२ लाखको उचाईमा पुुग्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19