police headquarter kathmandu
काठमाण्डौ । कोरोना भाइरस फैलिने क्रम बढ्दै गएको छ । यो क्रममा प्रहरी प्रधान कार्यालयमा अवस्थित सवारी शाखामा कार्यरत ४ प्रहरीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार काठमाण्डौको नक्सालस्थित प्रहरी प्रधान कार्यालय अन्तर्गतको सवारी शाखामा कार्यरत ४ जना प्रहरीलाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरुलाई टेकू पठाइएको छ ।
चार प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि थप फैलिन नदिन सो सवारी शाखालाई शिलबन्दी गरिएको छ । कोरोना बिस्तारको उच्च जोखिम भएको भन्दै प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा समेत पूर्ण बन्दे लगाइएको छ ।
सवारी शाखाका अन्य प्रहरी कर्मचारीको, उनीहरुका परिवार, उनीसँग सम्पर्कमा आएका प्रहरी अधिकारी र सर्वसाधारणहरुको पहिचान गरी स्वाब संकलन गरिएको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago