काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधबार ४ लघुवित्त, २ फाइनान्स र १ जलविद्युत् कम्पनीको सेयरमूल्य समायोजन भएको छ।
नेप्सेले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बोनस सेयर प्रयोजनार्थ यी ७ कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले छिमेक, ग्लोबल आईएमई, वोमी र स्पर्श लघुवित्त, मञ्जुश्री र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी तथा ङादी ग्रुप पावर लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। गत वर्षका लागि छिमेकले २२ प्रतिशत, २७.४७ प्रतिशत, वोमीले ३० प्रतिशत र स्पर्श लघुवित्तले १९.५० प्रतिशत, मञ्जुश्रीले १८ प्रतिशत र श्री इन्भेस्टमेन्टले ७.३७ प्रतिशत तथा ङादीले १० प्रतिशत बोनस सेयर घोषणा गरेका छन्।
समायोजित मूल्यअनुसार अब प्रतिकित्ता छिमेकको १ हजार १३५ रुपैयाँ, ग्लोबल आईएमईको १ हजार ३५९ रुपैयाँ, वोमीको ७०३ रुपैयाँ र स्पर्शको ८१३ रुपैयाँ कायम भएको छ। यसअघि यी चार लघुवित्तको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता क्रमशः १ हजार ३८५ रुपैयाँ, १ हजार ७३२ रुपैयाँ, ९१४ रुपैयाँ र ९७२ रुपैयाँ रहेको थियो।
यसैगरी मूल्य समायोजनपछि अब प्रतिकित्ता मञ्जुश्रीको ३२१ रुपैयाँ र श्री इन्भेस्टमेन्टको १८६ रुपैयाँ कायम भएको छ। यी दुवैको यसअघिको अन्तिम कारोबार मूल्य भने क्रमशः ३७९ रुपैयाँ र २०० रुपैयाँ रहेको थियो।
उता यसअघि अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४० रुपैयाँ ङादीको पनि समायोजनपछि २१८ रुपैयाँ कायम भएको छ। अब यी सबै कम्पनीको सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछन्।
यी सबैले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज पुस १५ गतेदेखि बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र यी कम्पनीका लाभांश र सभामा भाग लिन पाउनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago