mutual fund
काठमाण्डौ । विभिन्न कम्पनीबाट प्रवद्र्धित चार म्युचुुअल फण्डको नाफामा पहिरो गएको छ ।
सिद्धार्थ इक्वीटी ओरिएन्टेड लिमीटेड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआइबिएल समृद्धि फण्ड १ र ग्लोबल आइएमई समुुन्नति स्कीम-१ अघिल्लो महिनाको तुलनामा घाटातर्फ लागेका हुुन् ।
सिद्धार्थ क्यापिटल लिमीटेडले संचालन गरेको ५ वर्षे बन्दमुखी म्युचुुअल फण्ड सिद्धार्थ इक्वीटी ओरिएन्टेड लिमीटेडको नेट एसेट भ्यालू(एनएभी)मा गिरावट आएको छ ।
बुधबार प्रकाशित एक वित्तीय विवरण अनुसार यो म्युचुुअल फण्डको एनएभी असोज अन्तसम्ममा १६.५८ रुपैयाँ रहेकोमा कात्तिक अन्तसम्ममा घटेर १५.९१ रुपैयाँमा आइपुुगेको हो ।
एक अर्ब पूँजीबाट सुरु भएको स्किमले १ अर्ब १२ करोड सूचिकृत सेयरमा, ५ करोड ४६ लाख सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ। ९१ सूचिकृत कम्पनीको सेयरमा यो स्किमको लगानी छ ।
असोज अन्तसम्ममा यो म्युचुुअल फण्डको खूद घाटा २ करोड ५५ लाख रहेकोमा कात्तिक अन्तसम्म बढेर ९ करोड ३१ लाख पुुगेको छ ।
कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको ९९ हजार ४ सय २७ कित्ता सेयरमा लगानी गरेको छ ।
यसैगरी, सिद्धार्थ क्यापिटल लिमीटेडले नै प्रवद्र्धन गरेको अर्को ५ वर्षे बन्दमुखी म्युचुुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१ को नेट एसेट भ्यालू पनि घटेको छ ।
असोज अन्तसम्ममा २९.७४ रुपैयाँ रहेको खूद सम्पत्ति मूल्य कात्तिक अन्तसम्ममा घटेर २८.४१ रुपैयाँमा झरेको हो ।
५० करोड रुपैयाँबाट सुुरु भएको यो स्किमको १ अर्ब ११ करोड रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा लगानी रहेको छ । यस्तै, ५ करोड ३ लाख सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी छ । यो स्किमले ८३ वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
असोज अन्तसम्ममा ३ करोड २ लाख घाटा खाएको यो स्किमले कात्तिक अन्तिमसम्ममा ९ करोड ६७ लाख घाटा व्यहोरिसकेको छ । यो फण्डको समेत सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीमा लगानी रहेको छ । यो कम्पनीको ५० हजार ५ सय २७ कित्ता सेयरमा यसको लगानी छ ।
उता, एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको ७ वर्षे बन्दमुखी म्युचुुअल फण्ड एनआइबिएल समृद्धि फण्ड-१ ले समेत घाटा व्यहोरेको छ ।
असोज अन्तसम्ममा यो स्किमको नेट एसेट भ्यालूू १६.१ रुपैयाँ रहेको कात्तिक अन्तिमसम्म घटेर १५.३६ रुपैयाँमा झरेको हो ।
१ अर्ब लगानीबाट सुरु भएको यो फण्डले १ अर्ब १८ करोड रुपैयाँ विभिन्न ८२ सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । यस्तै, ३ करोड ३० लाख रुपैयाँ विभिन्न ऋणपत्रहरु र ७ करोड ८६ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ ।
यो फण्डले असोज अन्तसम्म २ करोड ३२ लाख खूद घाटा व्यहोरेकोमा कात्तिक अन्तिमसम्म ५ करोड ४ लाख घाटा व्यहोरिसकेको छ ।
यसैबीच, ग्लोबल आइमएमई क्यापिटल लिमीटेडबाट प्रवद्र्धित ७ वर्षे बन्दमुखी म्युचुुअल फण्ड ग्लोबल आइएमई समुुन्नति स्कीम-१ को नेट एसेट भ्यालुु पनि घटेको छ ।
असोज अन्तसम्म नेट एसेट भ्यालू १०.४७ रुपैयाँ रहेकोमा कात्तिक अन्तसम्म १०.१३ रुपैयाँमा झरेको हो ।
८० करोडबाट सुरु भएको यो स्किमले हालसम्म ६५ करोड ४९ लाख रुपैयाँ सूचिकृत कम्पनीहरुको सेयर तथा २ करोड २१ लाख सूचिकृत नभएका कम्पनीमा लगानी गरेको छ । यो स्किमले ६२ सूचिकृत कम्पनीको २२ लाख २० हजार १ सय ४४ कित्तामा लगानी गरेको छ ।
असोज कात्तिकसम्म ३ करोड ३३ लाख घाटा व्यहोरेको यो फण्डले कात्तिक अन्तसम्म ४ करोड ४६ लाख घाटा व्यहोरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago