काठमाण्डौ । दुई जीवन बीमा कम्पनीसहित ४ कम्पनीका २ लाख बढी कित्ता सेयर आज फागुन ३ गतेबाट लिलामीमा राखिएको छ।
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र आईसीएफसी फाइनान्सको कुल २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा नेसनल लाइफको १ लाख कित्ता, नेपाल लाइफको ५० हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता र आईसीएफसी फाइनान्सको ४८ हजार कित्ता रहेका छन्।
लिलामी सेयरमा विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।
लिलामीमा राखिएकामध्ये प्रतिकित्ता नेसनल लाइफको ३९० रुपैयाँ, नेपाल लाइफको ९०० रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ३७५ रुपैयाँ र आईसीएफसी फाइनान्सको १९५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन २० गते बैंकिङ समयसम्म तोकिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago