काठमाण्डौ । काठमाण्डौको चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दशैं कार्निभल योजना संचालनमा ल्याएको छ । 

विजय दशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहारसहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो । 

असोज २० गतेदेखि सुरु भएको दशैं कार्निभल योजनाअन्तर्गत चाहबिल प्लाजामा एक हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्ताहिक रुपमा उपहार जित्न सक्नेछन् । बम्पर उपहारमा रनरको एक सय सिसिको रनर चिताह बाईक एक जनाले जित्न सक्नेछन् । ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ । 

चाबहिल प्लाजामा रहेका पसलहरुबाट एक हजार रुपैयाँसम्मको खरिदमा ग्राहकलाई साप्ताहिक रुपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ । उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन तथा सपिङ भौचर समेत जित्न सक्नेछन् । 
कार्निभल योजना कात्तिक २० गतेसम्म संचालन छ ।उक्त अवधिभर दैनिक रुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि संचालन हुने प्लाजाले जनाएको छ । 

डेढ महिनाअघि मात्र संचालनमा आएको प्लाजामा २८ बढी आउटलेट छन् । राजधानीको चाहबिल चोकमा रहको प्लाजामा पार्किङको राम्रो व्यवस्था छ । प्लाजामा मोबाइल, गारमेन्ट, रेष्टुरेन्ट, कफि सप, ब्यूटि स्टुडियो, फिटनेश क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्क लगायतका आउटलेट छन् । यसैगरी बैंक, इन्स्योरेन्स, एजुकेशनल कन्सल्टेन्सी तथा फिजियोथेरापी लगायतका आउटलेट पनि प्लाजामा उपलब्ध छन् ।